S o c i a l   D r e a m

जिजा–जी, कृपया तपाईंको सीमाभित्र बस्नुस्।

Published 02/08/2025
image

आजकल केही घर–परिवारमा देखिएको पीडादायी अवस्था गम्भीर चिन्ताको विषय बनिरहेको छ। धेरै युवतीहरूको वैवाहिक जीवन जुरेपछि पनि जिजा–जीहरूसँगको अनुचित व्यवहार र अवाञ्छित हस्तक्षेपका कारण सम्बन्धमा चिसोपन, अविश्वास र झगडा सुरु भएको छ। साना कुराबाट सुरु भएको दूरी, पछि डिभोर्ससम्मको स्थिति सिर्जना भइरहेको वास्तविकता हामीले नजरअन्दाज गर्न सक्दैनौं।

यो समाजको संरचना, परिवारको मर्यादा र नाताको संवेदनशीलता माथि ठुलो प्रश्न हो।

यो पोस्ट कुनै एक घटनाको मात्रै प्रतिविम्ब होइन — यो सामाजिक चेतना जगाउने आवाज हो।

✦ जिजा–जी हुनु भनेको भरोसा, सम्मान र जिम्मेवारीको प्रतीक हुनु हो — होइन कि कोहीको वैवाहिक जीवन तहसनहस पार्ने कारण।

✦ सम्बन्धहरू विश्वासमा अडिएका हुन्छन्, तर जब त्यही सम्बन्धको सीमा लाघिन्छ, तब ती सम्बन्धहरू नै विषादमा परिणत हुन्छन्।

त्यसैले, जिजा–जीहरूलाई यति मात्र भन्न चाहन्छु — “कृपया आफ्नो मर्यादा नाघ्नुस् होइन, सधैं त्यसमा बस्नुस्।”

सामाजिक सञ्जाल मार्फत गरिएको यो सार्वजनिक आग्रह, सम्भवतः कसैको वैवाहिक जीवन जोगाउन सहायक बन्नेछ।